कोरोना संक्रमणबाट विश्वभरी ११ लाख तीन हजारको निधन, संक्रमितकाे संख्या चार करोड नजिक

महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभरी हालसम्म ११ लाख तीन हजार तीन सय ७९ जनाको मृत्यु भएको छ ।

विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार कोरोना भाइरसबाट विश्वभरी संक्रमित भएकाहरुको कुल सङ्ख्या तीन करोड ९२ लाख सात हजार चार सय ३६ पुगेको छ ।

कुल संक्रमित मध्ये दुई करोड ९३ लाख ९७ हजार ८३५ जना कोरोनाभाइरसबाट संक्रमितमुक्त भइसकेको तथ्यांक छ ।

याे पनि पढ्नुस  अर्थतन्त्रमा कोरोनाको असर अध्ययन गर्न कांग्रेसद्वारा समिति गठन

विश्वभरी अहिलेपनि ८७ लाख छ हजार २२२ जना संक्रमित अवस्थामै रहेका छन् । ती मध्ये ८६ लाख ३५ हजार ३१६ जनाको अवस्था मध्यम छ भने अरु ७० हजार नाै सय ६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

संक्रमितहरुको सङ्ख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, स्पेन, अर्जेन्टिना, कोलम्बिया, पेरु, मेक्सिको र फ्रान्स क्रमशः अग्र देशमा रहेका छन् ।

याे पनि पढ्नुस  ओलीलाई भेटेका मन्त्रीमा देखियो कोरोना, बालुवाटारमा खैलाबैला !

अमेरिकामा अहिलेसम्म ८२ लाख १६ हजार ३१५ जना संक्रमित भएका छन् भने दुई लाख २२ हजार ७१७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी भारतमा ७३ लाख ७० हजार चार सय ६८ जना संक्रमित हुँदा एक लाख १२ हजार १६१ जनाको मृत्यु भएको विवरण छ।

याे पनि पढ्नुस  बाँकेमा थप दुई संक्रमितको मृत्यु

संक्रमितहरुको संख्या हेर्दा ब्राजिलमा ५१ लाख ७० हजार, रुसमा १३ लाख ६९ हजार स्पेनमा नौ लाख ७२ हजार मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

गत डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक देखिएको पुष्टि गरिएको कोरोना भाइरस अहिले फैलिदै विश्वका २१६ देशमा पुगिसकेको छ ।

कमेन्ट गर्नुहोस्