काठमाडौं, चर्चित युवा गायिका स्मिता दाहालले दशैंको पूर्वसन्ध्यामा नयाँ गीत सार्वजनिक गरेकी छिन् ।
आफ्ना आजसम्मका गीत भन्दा फरक प्रस्तुतीमा आज रिलिज भएको मायाले मलाई बोलायो शीर्षकको गीतलाई पर्फेक्ट प्लान युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
स्मिताको एकल स्वर रहेको एल्बममा स्मिताकै अभिनय समेत रहेको छ । राज राज शिवाकोटीको संगीतमा रहेको गीतको म्यूजिक भिडियो चाहिँ शिशिर खातीले निर्देशन गरेका हुन । बनिस शाहले सम्पादन गरेको गीतको छायांकन पोखरा क्षेत्रमा गरिएको छ ।
कथानक शैलीमा शुरु भएको गीतमा स्मितालाई अन्य कलाकारले समेत साथ दिएका छन् ।
स्मिताले यसअघि मायालु तिमी कता छौ भन्ने गीत सार्वजनिक गरेकी थिइन ।