आज ४३९२ जना संक्रमित थपिए, २१ को मृत्यु

काठमाडौं । नेपालमा थप ४ हजारस ३ सय ९१ जना कोरोना संक्रमित थपिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस संक्रमण देखिएका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

याे पनि पढ्नुस  भीम रावलको सुरक्षामा खटिएका शसस्त्रका जवानलाई कोरोना पुष्टि

गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १२ हजार ३३६ जना रहेका छन् भने होम आइसोलेशनमा २५ हजार ४६ जना छन्। यस्तै क्वारेन्टाइनमा चार हजार ४०८ जना छन्।

शुक्रबार तीन हजार ५२२ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ८८ हजार ४०पुगेको छ। यो कुल संक्रमितको ६९ दशमलव ८ प्रतिशत हो।

याे पनि पढ्नुस  भारतबाट नेपाल आउन जेठ मसान्तसम्म कुर्नुपर्ने !

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७१५ पुगेको छ।

कमेन्ट गर्नुहोस्