पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए २४०२ संक्रमित

राजधानी उपत्यकामा संक्रमण निकै चुलिएको छ । आज सार्वजनिक गरिएको विवरण अनुसार, राजधानी उपत्यकामा पछिल्लो २४ घण्टाको कूल संक्रमणको आधा संक्रमित देखिएका हुन ।

पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा २ हजार ४ सय २ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बिहीबार उपत्यकाका तीन जिल्लामा २ हजार ४ सय २ जनामा संक्रमण देखिएको जानकारी दिए ।

याे पनि पढ्नुस  वीर अस्पतालमा ११५ जना स्वास्थ्यकर्मीमा सङ्क्रमण, उपत्यकामा ६०० बढी सङ्क्रमित

उनका अनुसार सबैभन्दा धेरै संक्रमण पुष्टि हुनेमा काठमाडौंका १ हजार ७ सय ८४ रहेका छन् । त्यसपछि ललितपुर ३ सय ७४, भक्तपुरमा २ सय ४४ र संक्रमित भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ३१ जनाको पीसीआर परीक्षण गरिएकोमा थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म १२ लाख ५४ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा कुल संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्