गर्भवती, बालबालिका, जेष्ठ नागरिक र दीर्घरोगीलाई घरमैं बस्न सरकारको अनुरोध

काठमाडौं । सरकारले राजधानी उपत्यकामा कोरोना संक्रमण बढ्दै गएकोले गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घ रोगीहरुलाई घर बाहिर ननिस्कन आग्रह गरेका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता जागेश्व गौतमले यी व्यक्तिहरुलाई कोरोना संक्रमणको उच्च जोखिममा हुने भन्दै घर भित्रै बस्न मन्त्रालयको आग्रह छ।

याे पनि पढ्नुस  यी हुन् कोरोना भाइरसबारे नयाँ र बुझ्नै पर्ने २३ कुरा (सूचीसहित)

संक्रमणको संख्या बढ्दै गएपछि अस्पतालहरुमा आइसयुको समेत अभाव भएको सूचना प्राप्त भएको उल्लेख गर्दै गौतमले आफ्नो स्वास्थ्यको ख्याल राख्न सबैमा अनुरोध गरेका छन् । नागरिकले कोरोनाबाट जोगिन अपनाउनुपर्ने स्वस्थ्य मापदण्ड पालना नगर्दासम्म कोरोाना रोक्न नसकिने भन्दै गौतमले उक्त अपील गरेका हुन ।

याे पनि पढ्नुस  पर्सामा पनि स्टाफ नर्सलाई कोरोना पुष्टि

‘६० वर्ष माथिका, गर्भवती, बालबालिका, दीर्घ रोगी तथा रोग प्रतिरोधात्मक कम भएका व्यक्तिहरु घरबाट बाहिर ननिस्कन आग्रह छ,’ प्रवक्ता गौतमले भने,‘संक्रमणको जोखिम बढ्दै गएको, अस्पतालको बेडहरु खचाखच भरिदै गएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न मन्त्रालयको अनुरोध छ।’

मन्त्रालयले अग्रमा्र्चामा खटिएका स्वास्थ्यकर्मीहरुको व्यवस्थापनसम्बन्धी मापदण्डमा समेत परिमार्जन गर्दै लक्षण नदेखिएसम्म क्वारेन्टाइनमा नबस्न समेत अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्