“बलात्कारी संगठन” नामक फेसबुक ग्रुप चलाएको अभियोगमा एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाएको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको झिम्रुक घर भई नवलपरासी बस्ने १९ वर्षका नविन बस्नेत रहेका छन् ।

बस्नेतलाइ नवलपरासीबाट पक्राउ गरेर काठमाडौंतर्फ ल्याइएको छ ।

बलात्कारकाे बिराेधमा चारैतिर अावाज उठेकै बेला याे समूह चर्चामा आएको थियो । ग्रुपमा अश्लील विषयहरु लेखिएका थिए । यस विषय सामाजिक सञ्जालमा सर्वत्र चासो व्यक्ति भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि निर्देशन दिएको थियो ।

बस्नेतले विगतमा पनि विभिन्न विशिष्ट व्यक्तिको हत्या गर्ने भन्दै स्टाटस लेख्ने गरेको पाइएको बताए । उनले बलात्कार सम्बन्धी ग्रुप किन खोले भन्ने खुलिनसकेको बताए ।

कमेन्ट गर्नुहोस्