गुल्मीमा ट्रस्टद्वारा स्वास्थचौकीलाई एम्बुलेन्स निःशुल्क हस्तान्तरण

बुटवलः गुल्मीको नयाँ गाउँ र आसपासका जनतलाई सेवा पुराउने उद्देश्यले नयाँगाउँ एम्बुलेन्स सेवा ट्रस्ट गुल्मी नेपाल काठमाडौंले निःशुल्क एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

नयाँ गाउँमा जन्मिएर देश विदेशमा रहेका चन्दादाताहरु र स्थानीय जनताको सहयोगमा संकलन गरिएको रकमबाट खरिद गरिएको एम्बुलेन्स नयाँगाउँ स्वास्थ चौकी गुल्मीलाई हस्तान्तरण गरिएको संस्थाका सस्थापमहासचिब तथा सामाजिक अभियन्ता प्रकाश पोख्रेलले बताए ।

याे पनि पढ्नुस  गुल्मीमा पहिरोः मृत्यु हुनेको संख्या १० पुग्यो, २ जना बेपता

संस्थाको नाममा रहेको लु १च ९२६२ नम्बरको एम्बुलेन्स नयाँगाउँ स्वास्थचौकीको नाममा शुत्रबार नामसारी गराएको हो ।

उक्त अवसरमा संस्थापक महासचिव पोखरेलले एम्बुलेन्सको साँचो र बिल बुक स्वास्थचौकीका कर्मचारी प्रतिनिधिलाई यातायात कार्यालय बुटवलपरिसरमै हस्तान्तरण गरेका थिए ।

संस्थाले प्रदान गरेको एम्बुलेन्सलाई प्रभावकारी र पार्दरर्शी सेवा प्रदान गर्नेचौकिका प्रमुख भेषबहादुर बिसीले प्रतिबद्धता व्यक्त गरे ।

याे पनि पढ्नुस  ११ वर्षीय बालकले गरे घरभित्रै झुन्डिएर आत्महत्या

ग्रामिण क्षेत्रमा एम्बुलेन्स सेवा पुराउने उद्देश्यले राधा मल्लको अध्यक्षतामा सामाजिक अभियन्ता प्रकाश पोख्रेल, जर्नेल भरत मल्ल, मधु क्षेत्री ,नारायण मल्ल, सज्जन पोख्रेल र पार्र्वती अधिकारीको सक्रियतामा संस्थाको स्थापना गरियको थियो ।

२०७४ शालमा शुरु भएको संस्थाले अन्य विभिन्न सामाजिक काम गर्दे आएको छ ।

कमेन्ट गर्नुहोस्