युवा संघका अध्यक्ष दीपशिखालाई कोरोना संक्रमण

काठमाडाै : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) लाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि भए पनि आफूमा कुनै लक्षण नरहेको दीपशिखाले बताए ।

कोरोना पाेजिटिभ देखिएसँगै अहिले उनी होम आइसोलेसनमा बसिरहेका छन् । दीपशिखाले केही दिनयता आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्क रहनुका साथै पीसीआर गर्न सुझाव दिएका छन् ।

कमेन्ट गर्नुहोस्