दोलखाका धार्मिकस्थलहरुमा निषेधाज्ञा जारी

काठमाडौंः जिल्ला प्रशासन कार्यालय दोलखाले जिल्लाभित्रका मन्दिर र शक्तिपिठहरुमा निषेधाज्ञा जारी गरेको छ । शुक्रबार बसेको जिल्ला सुरक्षा समिति र डिसीसीएमसीको बैठकले मन्दिर र शक्तिपीठहरुमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले आज एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयद्वारा जारी सर्कुलरअनुसार जिल्ला भित्रका मन्दिर र शक्ति पीठहरुमा असोज ३० गते राती १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जनाएका छन् ।

याे पनि पढ्नुस  सुन्द्रावती खोलाले कार बगाउँदा एकको मृत्यु, २ जना घाइते

विज्ञप्तिमा जिल्लाभरी संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रयोग गरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ । प्रशासन कार्यालयले मन्दिर र शक्तिपीठहरुमा भीड नगरिदिन सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्