आईपीएल : मुम्बईविरुद्ध टस जितेर बलिङ गर्दै केकेआर

काठमाडौं, ३० असोज : यूएईका जारी आईपीएलअन्तर्गत मुम्बई इण्डियन्सविरुद्ध कोलकाता नाइट राइडर्स (केकेआर)ले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि अबुधाबीमा सुरु हुँदैछ ।

केकेआरले आज दुई खेलाडी परिवर्तन गरेको छ । उसले टम ब्यान्टन र कमलेश नागरकोटीलाई विश्राम दिँदै क्रीस ग्रीन र शिवम मावीलाई मौका दिएको छ ।

याे पनि पढ्नुस  आईपीएल : केकेआरविरुद्ध दिल्लीको रोमाञ्चक जित

मुम्बईले आज एक खेलाडी परिवर्तन गरेको छ । उसले जेम्स प्याटिन्सनलाई आराम दिँदै नाथनकुल्टर नाइनललाई प्लेइङ-११ मौका दिएको छ ।

जारी सिजनमा मुम्बईले ७ म्याचमा पाँचमा जित र दुई खेलमा पराजय ब्यहोरेको छ । तालिकामा १० अंक जोड्दै मुम्बई दोस्रो स्थानमा छ । केकेआरले सात खेलमा चारमा जित र तीन खेलमा हारको सामना गरेको छ । केकेआर ८ अंकका साथ चौथो स्थानमा छ ।

याे पनि पढ्नुस  आईपीएल : राजस्थानमाथि आरसीबीको शानदार जित

हालसम्म आईपीएलमा केकेआर र मुम्बईबीच २७ पटक भेट भएको छ । जसमा मुम्बई २० खेलमा विजयी भएको छ । मुम्बईले हालसम्म चार र केकेआरले दुई पटक आईपीएल उपाधि जितेको छ ।

मुम्बईको प्लेइङ-११ : रोहित शर्मा (कप्तान), क्विन्टन डीकक, सूर्यकुमार यादव, इशान किशन, हार्दिक पांड्या, किरोन पोलार्ड, कुणाल पांड्या, ट्रेन्ट बोल्ट, नाथनकुल्टर नाइनल, राहुल चहार र जसप्रीत बुमराह ।

याे पनि पढ्नुस  आईपीएलमा पञ्जाबविरुद्ध हैदराबादको शानदार जित

केकेआरको प्लेइङ -११ : शुभमन गिल, राहुल त्रिपाठी, नितीश राणा, इयोन मोर्गन (कप्तान), दिनेश कार्तिक , आन्द्रे रसल, प्याट कमिन्स, क्रीस ग्रीन, शिवम मावी, प्रसिद्ध कृष्णा र वरुण चक्रवर्ती ।

कमेन्ट गर्नुहोस्