सल्यानमा भाईले गरे दाइको हत्या

सल्यान : सल्यानमा आफ्नै भाइले दाइको हत्या गरेका छन् । वनगाड कुपिण्डे नगरपालिका-१० थापाचौरमा दाउरा प्रहार गरी बिहीबार राति भाइले दाइको हत्या गरेको अभियोग लगाइएको छ ।

थापाचौरका २० वर्षीय देवीलाल पुनले आफ्नै दाइ २४ वर्षीय अम्मरको हत्या गरेको बनगाड कुपिण्डे-१० का वडाध्यक्ष मानसिंह पुरीले जानकारी दिए ।

याे पनि पढ्नुस  सुटकेश र जेब्रा झोलाभित्र भेटिएको शवको सनाखत

मदिरा सेवन गरेका भाइले दाउरा प्रहार गरी हत्या गरेको अभियोग लगाइएको छ । बिहीबार साँझ देवीलालले दाइको हत्या गरेर शव गाउँ नजिकैको जोगेन्द्र भन्ने जङ्गलको ओडारमा फालिएको अवस्थामा स्थानीयवासीले आज फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घरमा दाइ एक्लै भएका बेला हत्या गरी देवीलाल फरार भएको वडाध्यक्ष पुरीले जानकारी दिए ।

याे पनि पढ्नुस  प्रधानाध्याकको खुकुरी प्रहार गरेर हत्या

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण वलीका अनुसार हत्या गरेको जानकारी भएको खबर आएपछि प्रहरी पुगेर अनुसन्धान सुरु गरेको बताए ।

प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाई शव परीक्षणका लागि सल्यान अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीको जनाएको छ ।

कमेन्ट गर्नुहोस्