संक्रमित थपिँदै गएपछि महालक्ष्मी नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

ललितपुर : कोरोना सङ्क्रमित थपिँदै गएपछि ललितपुरको महालक्ष्मी नगरपालिकाले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने भएको छ ।

सो नगरका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले आज जारी गरेको सूचनामा नगरपालिकामा आगामी कात्तिक २ गतेदेखि ६ गतेसम्मका लागि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको उल्लेख छ ।

याे पनि पढ्नुस  अमेरिकन फौजी किराले मकैबाली नष्ट, किसान चिन्तित

महालक्ष्मीमा आज दिउँसो साढे दुई बजेसम्म सङ्क्रमित सङ्ख्या ६ सय १६ पुगेको छ । तीमध्ये स्वास्थ्य लाभ गर्ने २ सय ६९, सक्रिय सङ्क्रमित ३ सय ४४ र मृतकको सङ्ख्या तीन रहेको नगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्