अध्यक्ष प्रचण्डद्वारा प्रा. डा. श्रेष्ठप्रति श्रद्धाञ्जलि

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार प्रा. डा. राममान श्रेष्ठको निधनको खबरले आफूलाई मर्माहत तुल्याएको बताएका छन् ।

अध्यक्ष प्रचण्डले दिवङ्गत श्रेष्ठप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।

प्रा.डा. श्रेष्ठ तत्कालीन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार थिए । राष्ट्रियसभाका पूर्वसदस्य श्रेष्ठ प्राज्ञिक व्यक्तित्वका रूपमा समेत परिचित थिए ।

याे पनि पढ्नुस  द्वन्द्वको नेतृत्व मैले गरेको हुँ, त्यसको जिम्मेवारी मैले लिनुपर्छः अध्यक्ष प्रचण्ड

प्रा. डा. श्रेष्ठको ८२ वर्षको उमेरमा आज काठमाडौं भीमसेनगोलास्थित निवासमा निधन भएको हो । उनी त्रिभुवन विश्वविद्यालय गणित विषयका प्राध्यापक, नेपाल प्राध्यापक सङ्घका पूर्वसभापति, नेपाल बुद्धिजीवी परिषद्का पूर्वअध्यक्ष, त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष पनि थिए । उनी विसं २०५४ मा तत्कालीन नेकपा (एमाले) को तर्फबाट राष्ट्रियसभा सदस्य बनेका थिए ।

कमेन्ट गर्नुहोस्