पाँचथरमा बोलेरो दुर्घटना, ६ जना घाइते

पाँचथर : जिल्लाको याङवरक गाउँपालिका- २ फलैंचागढीमा आज बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार याङवरक-१ च्याङथापूबाट फिदिम आउँदै गरेको प्रदेश नं. १-०१-००१ च ७५२८ नम्बरको बोलेरो जिप आज विहान याङवरक-२ गढी भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट करीब एक सय मिटर तल झरेर दुर्घटना भएको हो ।

याे पनि पढ्नुस  सुत्केरीको मृत्यु भएपछि आफन्तको प्रदर्शन, अस्पताल तनावग्रस्त

दुर्घटनामा बोलेरो चालक याङवरक-२ का २२ वर्षीय डिल्ली अधिकारीसहित छ जना घाइते भएका छन् ।

दुर्घटनामा याङवरक-२ का दीपक प्याकुरेल, सोही स्थानकी सुस्मा बेघा लिम्बू, झापाको वुद्धशान्ति गाउँपालिका-३ का पुष्प खनाल, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-३ का शेरबहादुर चौहान र झापाको मेचीनगर नगरपालिका-१४ का विष्णुप्रसाद ओझी घाइते भएको प्रहरी जनाएको छ ।

याे पनि पढ्नुस  सुँगुरको मासु खाँदा एक कैदीबन्दीको मृत्यु, ३ जना सिकिस्त

घाइतेहरूलाई थप उपचारका लागि झापा पठाइएको छ ।

कमेन्ट गर्नुहोस्