केकेआरद्वारा मुम्बईलाई १४९ रनको लक्ष्य, कमिन्सको अर्धशतक

कठमाडौं  : यूएईमा जारी १३ औँ सिजनको आईपीएलको ३२ औँ खेलमा कोलकाता नाइट राइडर्स (केकेआर)ले मुम्बई इण्डियन्सलाई १ सय ४९ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको केकेआरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनायो ।

याे पनि पढ्नुस  राजस्थानमाथि आरसीबीको फराकिलो जित, कोहलीको उत्कृष्ट ब्याटिङ

उसका लागि प्याट कमिन्सले राम्रो ब्याटिङ गरे । उनले ३६ बलमा २ छक्का र ५ चौकासहित अविजित ५३ रन बनाए ।

१७ ओभरको अन्तिम बलमा क्याच क्विन्टन डीककले छुटाउँदा कमिन्सले उत्कष्ट पारी खेले । यो ओभरमा जसप्रीत बुमराहले बलिङ गरिरहेका थिए । यो अवस्थामा कमिन्स ३६ रनमा ब्याटिङ गरिरहेका थिए ।

याे पनि पढ्नुस  आईपीएल : हैदराबादमाथि मुम्बईको शानदार जित

त्यस्तै, कप्तान इयोन मोर्गनले नटआउट २९ बलमा ३९, शुभमन गिलले २१, आन्द्रे रसेलले १२, नितीश राणाले ५, दिनेश कार्तिकले ४ र राहुल त्रिपाठीले ७ रनको योगदान दिए ।

बलिङमा मुम्बईका राहुल चाहरले २, ट्रेन्ट बोल्ट, जसप्रीत बुमराह र नाथनकुल्टन नाइलले एकएक विकेट लिए ।

कमेन्ट गर्नुहोस्