आजदेखि नवरात्री शुरु, घटस्थापनाका दिन सर्वार्थसिद्दि योग बन्दै, यस्तो छ शुभ मुहुर्त

आज शनिवार, आजदेखि यो वर्षको नवरात्री शुरु हुन गइरहेको छ ।

नवरात्रीको पहिलो दिन घटस्थापनाका लागि आज दिनमा तीनवटा शुभ मुहुर्त रहेका छन् । यो योगको प्रभाव सकारात्मक पर्ने छ ।

काशीका ज्योतिषाचार्य पं. गणेश मिश्रका अनुसार, यो शक्ति पर्वका बेला किनमेल गर्न हरेक दिन शुभ मुहुर्त नै रहेको छ । साथै महाभाग्य, सत्कीर्ति र शश नामका तीनवटा राजयोगमा नवरात्री शुरु भइरहेको छ ।

सूर्य, चन्द्रमा र शनिबाट बन्ने यी शुभ योगमा नवरात्री कलशको स्थापना हुनु देशका लागि पनि शुभ संकेत मानिन्छ ।

यसरी ग्रहहरुको शुभ स्थितिका कारण देशमा कोरोना महामारीबाट समेत केही राहत पाइने सम्भावना रहेको छ । यो वर्ष नवरात्री तिथी भने दुई दिन रहेको छ ।

यस्तो छ आजको शुभ मुहुर्त

बिहान ९ बजेदेखि ११ बजेर ८ मिनेटसम्म । यो वृश्चिक स्थितर लग्न मुहुर्त हो । यो बेला घट स्थापना गर्दा सुख समृद्धि र धन लाभ पाइने मान्यता छ ।

अर्को शुभ मुहुर्त बिहान ११ बजेर ५१ मिनेटदेखि १२ बजेर ३९ मिनेटसम्म छ । यो अभिजित मुहुर्त हो । यो मुहर्तमा घट स्थापना गर्दा राम्रो स्वास्थ्य, सौभाग्य र ऐश्वर्य बढने गर्दछ ।

याे पनि पढ्नुस  रुट परमिटबिनै सार्वजनिक सवारी साधनले जहाँसुकै जान पाउने

दिउँसो २ बजेर ४० मिनेटदेखि ४ बजेर ३२ मिटेनसम्म कुम्भ लग्न छ । यो लग्नमा घट स्थापना गर्दा पराक्रम पढने, दुश्मनमाथि जीत पाइने र पद प्रतिष्ठा पनि पाइने छ । विधिपूर्वक घट अर्थात् घडा राखी त्यसमाथि शक्तिस्वरुपा दुर्गाको पूजाराधना गरिने आजको दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा देवीको प्रसाद ग्रहण गरिन्छ ।

नेपालमा भने पन्चाग समितिले घटस्थापनाको साइत आज बिहान ११ : ४६ बजे रहेको जनाएको छ । आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनानुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको अध्यक्ष गौतमले बताए ।

ज्योतिष विज्ञानका अनुसार यो वर्ष देवी भगवती दुर्गाको आगमन घोडामा र प्रस्थान भैसीमाथि हुनेछ । यसको मिश्रित देशको राजनीतिमा पर्नेछ । त्यसैले देशका केही क्षेत्रमा ठूलो परिवर्तन हुनसक्छ । त्यहीँ तुला संक्रान्तिमा नवरात्री शुरु भएको कारण केही अशुभ हुने हुँदा फलमा कमी हुन सक्छ । नवरात्रमा रवियोग त्रिपुष्पकर र सर्वार्थसिद्दी योग भएको कारण सम्पत्ति, वाहन र सुख सुविधाका सामानको किनमेल गर्नु शुभ हुनेछ ।

याे पनि पढ्नुस  घटस्थापनाको तीन दिन अघिदेखि मात्र नयाँ नोट साट्न पाइने

नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैंघरमा विधिपूर्पक राखेर त्यसमाथि यव(जौ)रोपिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए। कुल परम्परानुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रयोग गरिन्छ ।

यस पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

याे पनि पढ्नुस  दशैंका लागि लाग्ने सस्तो पसलमा कुन सामानको मूल्य कति ?

देशभरका शक्तिपीठमा पूजाराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण सबैजसो मन्दिर बन्द छन् । शक्तिपीठमा नित्य पूजा भने गरिने जनाइएको छ ।

टीकाको साइत कात्तिक १० गते १० : १९ बजे

दसैं नौ रात र दस दिनको हुन्छ । आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजााराधना गरिने देवीलाई कात्तिक १० गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूलप्रसाद ग्रहण गरिन्छ ।

कात्तिक १० गते देवी विसर्जनको साइत बिहान १०: ११ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने १० : १९ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । यस वर्ष भने कोरोना महामारीका कारण सरकारले जो जहाँ छ त्यहीँ बसेर दसैं मनाउन र फोनबाट मान्यजन र ठूलाबडाबाट आशीर्वाद लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्