काठमाडौं उपत्यकामा संक्रमितको संख्या ५१ हजार बढी, ६०% सक्रिय संक्रमित, २२७ काे मृत्यु

काठमाडौं । शुरुका दिनमा जोखिमरहित मानिएको राजधानी उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

पछिल्लो तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा मात्रै कोरोनाबाट संक्रमित हुनेको संख्या ५१ हजार नाघेको छ ।

लकडाउन खुलेपछि संक्रमणमा तीब्रता आएको हो ।
देशभर हाल ३७ हजार ३८२ संक्रिय संक्रमित रहेका छन् । तीमध्ये काठमाडौं उपत्यकामा मात्र २२ हजार २२९ जना छन् । यो संख्या देशभर कुल सक्रिय संक्रमित संख्याको झन्डै ६० प्रतिशत हो ।
हाल काठमाडौं जिल्लामा मात्र १७ हजार ६८५ जना सक्रिय संक्रमित छन् । यस्तै, ललितपुरमा दुई हजार ९१४ र भक्तपुरमा एक हजार ६३० जना रहेका छन् ।

याे पनि पढ्नुस  थप ९ जनामा देखियो कोरोना

हालसम्म काठमाडौं उपत्यकामा ५१ हजार ९४१ जनामा संक्रमण देखिएको छ । जसमा सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा रहेका छन् ।

काठमाडौंमा हाल ४१ हजार ८१३ जनामा संक्रमण देखिसकेको छ भने ललितपुरमा पाँच हजार ९२९ जना र भक्तपुरमा चार हजार १९९ जना रहेका छन् ।

याे पनि पढ्नुस  काठमाडौंमा भीड बढ्यो, कोरोनाबाट कसरी जोगिने ?

साउन महिनायता उपत्यकामा ५१ हजार ५५९ जना संक्रमित थपिएका छन् । भदौ अन्तिमसम्म ११ हजार पुगेको संक्रमितको संख्या असोज अन्तिमा भने यो संख्या ५१ हजार नाघेको छ ।

उपत्यकामा एक महिनाभित्रमात्र ४० हजारमा संक्रमण देखिएको छ । उपत्यकामा दिनहुँ दुई हजारमाथि संक्रमित भेटिने गरेका छन् । जसमा सबैभन्दा धेरै काठमाडौंका रहेका छन् ।
उपत्यकामा भेटिएका संक्रमितको संख्या देशभरका कुल संक्रमित संख्याको ४१ प्रतिशत हो ।

याे पनि पढ्नुस  भीम रावलको सुरक्षामा खटिएका शसस्त्रका जवानलाई कोरोना पुष्टि

कोरोनाका कारण काठमाडौं उपत्यकामा मात्र २२७ जनाले ज्यान गुमाएका छन् ।

Feature Photo: Anish Regmi/TKP

https: //tkpo.st/ 38TCaO1

कमेन्ट गर्नुहोस्