राष्ट्रीय कर्मचारी संगठनको नवलपुर जिल्ला समिती गठन

नेपाल राष्ट्रीय कर्मचारी संगठनको नवलपुर जिल्ला समिती गठन भएको छ ।

संगठनसँग आबद्द कर्मचारीहरुकाे एक भेलाले बिष्णु प्रसाद खनालको नेतृत्वमा ११ सदस्यीय समिती गठन गरेको हो ।

समितीको उपाध्यक्षमा शिब श्रेष्ठ, सचिवमा गोपाल रावल, कोषाध्यक्षमा दिनेश न्यौपाने लगायत ११ सदस्यीए समिति र्निमाण भएको नेपाल राष्ट्रीय कर्मचारी संगठन गण्डकी प्रदेशका सचिव शभ्भु चापागाईले जानकारी दिनुभयो ।
कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको र्निबाचन नजिकीदै गर्दा संगठनले जिल्लाहरुमा समिती गठन गर्दे र्निबाचनको तयारी गरेको छ ।

याे पनि पढ्नुस  गौतम बुद्ध रंगशाला बनाउन विद्यालयद्वारा १ लाख सहयोग

कार्यक्रममा नेकपा नवलपुर जिल्लाका सह–ईन्जार्ज किसान शर्मा गैरेले कर्मचारीमा कामचोर प्रबृद्धी हटाउन संगठनले भुमिका र्निबाह गर्नूपर्ने बताउनु भयो । असल कर्मचारी र्निमाण गरी राष्ट्र र्निमाणमा योगदान दिन संगठनले चुस्त नेतृत्व चयन गर्न भुमिका र्निबाह गर्नुपर्नेमा उहाँको जोड थियो । आगामी ट्रेड युनियनको निर्बाचनले असल नेतृत्व चयन गर्नेमा उहाँले बिस्वास ब्यक्त गनूभयो ।
त्यसैगरि कार्यक्रममा संगठनका गण्डकी अध्यक्ष कृष्ण प्रसाद पौडेलले नवलपुर जिल्ला कान्छो जिल्लाको रुपमा नभई अब्बल जिल्लाको रुपमा परिचित गराउन संगठनले काम गर्नुपर्नेमा जोड दिनुभयो । आगामी र्निबाचनमा संगठनका प्रतिनिधीलाई बिजयी गराउने गरी काम गर्न पनि नवगठित समितीलाई उहाँले र्निदेशन दिनुभयो

कमेन्ट गर्नुहोस्