कोरोना संक्रमणबाट वडा सदस्यको निधन

खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना संक्रमणबाट निधन भएको छ । उनी क्यान्सरबाटसमेत पीडित थिए ।

भरतपुर अस्पतालमा उपचारका क्रममा वडा सदस्य पाण्डेको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनको असोज २८ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

याे पनि पढ्नुस  कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

खोकी र श्वासप्रश्वासमा समस्या रहेको उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो ।

अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उनको उपचार भइरहेको थियो । काङ्ग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए । कांग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

याे पनि पढ्नुस  काठमाडौंमा फेरि थपिँदै निषेधाज्ञा, यस्तो बन्यो नयाँ मोडालिटी

यस अघि जिल्लाकै भरतपुर महानगरपालिका वडा नम्बर २० का निर्वाचित वडा अध्यक्षको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्