सकियाे यस वर्षको मनसुन

यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गत जेठ ३० अर्थात (१२ जुन) देखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुन शुक्रबारदेखि बाहिरिएकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । मनसुन सकिएसँगै मौसम घमाइलो हुँदै गएको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमीका केही भूभागबाट असोज १५ गते (अक्टोबर १) नै मनसुन बहिर्गमन भएको थियो । शुक्रबारदेखि देशको सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बाहिरिएको विभागले जनाएको छ ।

याे पनि पढ्नुस  मनसुन बाहिरिन अझै एक साता लाग्ने

नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो । यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद् बताउँछन् । गतवर्ष मनसुन अक्टोबर १२ मा बाहिरिएको थियो ।

कमेन्ट गर्नुहोस्