बलात्कार र जबर्जस्ती गर्भपतन गराएको आरोपमा मिथुन चक्रवर्तीका छोराविरुद्द मुद्दा दर्ता

मुम्बई । बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्तीका छोराविरुद्ध यौनहिंसाको मुद्दा दर्ता भएको छ ।

मिथुनका छोरा महाअक्षय चक्रवर्तीमाथि बलिउडमा नै काम गर्ने एकजना मोडल र नायिकाले जबर्जस्ती बलात्कार र गर्भपतन गराएको भन्दै मुद्दा दर्ता गरेकी हुन ।

घटनालाई दबाउन र पीडितलाई धम्क्याएको भन्दै मिथनुकी श्रीमती योगिता बालालाई पनि यो घटनामा आरोपी बनाइएको छ ।

के थियो घटना ?

महाअक्षय र ती महिलाबीच सन् २०१५देखि सम्बन्ध रहेको थियो । महिलाले लिखित उजुरी दिए अनुसार, सन् २०१५ मा महाअक्षयले महिलालाई घर बोलाएर सफ्ट ड्रिन्क्समा नशा लाग्ने पदार्थ मिसाएर खुवाएका थिए । त्यसपछि महिलाको सहमति बिना उनीसँग शारीरिक सम्बन्ध बनाए ।

याे पनि पढ्नुस  अति भो ! कालिकोटमा १० जनाको समूहद्वारा युवती बलात्कृत

पीडितालाई महाअक्षयले विवाह गर्ने आश्वासन दिएर त्यसपछि पनि यौनशोषण गर्दै आएका थिए । यसैबीच पीडिता गर्भवती भएपछि मिथुनका छोरा महाअक्षयले गर्भपतनका लागि निकै दबाब दिएको आरोपमा उल्लेख छ ।

गर्भपतन गर्न नमानेपछि झुक्याएर गर्भपतन गर्ने गोली खुवाएको महिलाले बताएकी छिन् । आफूलाई दिइएको औषधी गर्भपातको हो भन्ने कुरा थाहा नभएको समेत उनको आरोप छ । यो कुरा मिथुनकी श्रीमतीलाई जानकारी गराएपछि उनलाई धम्क्याएर घटना सामसुम पार्न खोजिएको थियो ।

याे पनि पढ्नुस  ११ महिनामा २६ बलात्कृत : पीडित न्याय कहिले पाउने ?

मुम्बईको ओशिवारा पुलिस स्टेसनका वरिष्ट निरिक्षक दयानन्द बंगारलाई उदृत गर्दै भास्कर दैनिकले लेखे अनुसार, महाअक्षइ र उनकी आमाविरुद्ध धारा ३७६ (२) एन अन्तर्गत मुद्दा दर्ता गरिएको हो । कुनै एकजना महिलासँग बारम्बार बलात्कार गरे यो धारा लाग्दछ । यसैगरी धारा वीष दिएर या अर्को तरिकाले चोट पुर्याएको आरोपमा धारा ३२८, धोकाधडीका लागि धारा ५१७ , धम्की दिएकोमा धारा ५०६, महिलाको सहमति बिना गर्भपतन गराएकोमा धारा ३१३ र धारा ३४ अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  नेपालमा बलात्कार गरि फरार अभियुक्त युएईबाट पक्राउ

दिल्लीको एउटा अदालतको आदेशपछि मुम्बईमा पहिलो घटना दर्ता गरिएको हो । ती मोडेलले वर्ष २०१८ मा अदालतमा न्यायका लागि अर्जी दिएकी थिइन ।

महाअक्षयमाथि यसअघि पनि एकजना भोजपुरी नायिकाले विवाहको आश्वासन दिएर बलात्कार र गर्भपात गराएको आरोप लगाएकी थिइन ।

कमेन्ट गर्नुहोस्