कोरोनाबाट मृत्यु हुने २३% संक्रमित ६१-७० वर्ष उमेर समूहका

काठमाडौं, नेपालमा कोरोनाबाट बृद्धहरुको बढी मृत्यु भएको देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक हेर्दा करिब २३ प्रतिशत मृत्यु भएकासंक्रमित ६१ देखि ७० वर्ष उमेर समूहका रहेका छन् ।

नेपालमा हालसम्म ७१५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

कुल मृतकको संख्यामध्ये १ सय १८ पुरुष र ४६ महिला गरी १ सय ६४ जना मात्र ६१ देखि ७० वर्ष उमेर समूहका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यसमा पनि मृत्यु हुनेमा पुरुषको संख्या बढी छ।

याे पनि पढ्नुस  बाँकेमा कोरोनाबाट निधन हुनेको संख्या २४ पुग्याे, गएराति १५ वर्षीय किशोरको मृत्यु

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको शुक्रबार साँझसम्मको तथ्यांक अनुसार ५ सय ८ पुरुष र २ सय ७ महिला गरी ७ सय १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

५० देखि ६० वर्ष उमेर समूहका ९७ पुरुष र ३३ महिला गरी १ सय ३०, ७१ देखि ८० वर्ष उमेर समूहका ८१ पुरुष र ३९ महिला गरी १ सय २०, ४१ देखि ५० वर्ष उमेरका ७५ पुरुष र २१ महिला गरी ९६ जनाको मृत्यु भएको तथ्यांक छ।

याे पनि पढ्नुस  चितवनमा थप एक सङ्क्रमितको मृत्यु

यस्तै, ३१ देखि ४० वर्ष उमेरका ५७ पुरुष र २३ महिला गरी ८०, ८० वर्ष माथिका ५१ पुरुष र २५ महिला गरी ७६, २१ देखि ३० वर्ष उमेरका १८ पुरुष र १० महिला गरी २९, ११ देखि २० वर्ष उमेरका ७ पुरुष र ६ महिला गरी १३ र १० वर्ष उमेरसम्मका २ पुरुष र ५ महिला गरी ७ जनाको मृत्यु भएको छ।

याे पनि पढ्नुस  काेराेनाबाट कम्युनिष्ट नेता चापागाईंकाे मृत्यु

मन्त्रालयका अनुसार बागमती प्रदेशमा मृतकको संख्या सबैभन्दा धेरै र कर्णालीमा सबैभन्दा कम छ। बागमतीमा ४४ दशमलव ५ प्रतिशत, प्रदेश २ मा २० दशमलव ३ प्रतिशत, लुम्बिनीमा १४ दशमलव ३, प्रदेश १ मा १२ दशमलव ९, गण्डकीमा ५, सुदूरपश्चिममा २ दशमलव १ र कर्णाली प्रदेशमा १ प्रतिशतको मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्