प्रदेश सभा सदस्य भट्टलाई कोरोना संक्रमण

बैतडी । सुदूरपश्चिम प्रदेश सभा सदस्य लिलाधर भट्टलाई कोरोना संक्रमण देखिएको छ ।

सामिाजक सञ्जालमार्फत भट्टले आफू संक्रमित भएको जानकारी दिएका हुन ।

“गतहप्ता केही सार्वजनिक कार्यक्रममा सहभागी भएपछि असोज २५ गते देखि होम कोरेन्टिन सुरक्षित बसेको थिए, हिजो नियमित जाँच सगै कोरना चेक गर्दा पोजेटिभ देखिएको छ ।” भट्टले भनेका छन्, “हाल मेरो स्वास्थ्यमा खासै समस्या देखिएको छैन एक हप्ता पुर्व मेरो सम्पर्कमा आउनु हुने महानभावहरुले सतर्क रहन र केही समस्या देखिएमा कोरना परिक्षण गर्न हुन अनुरोध गर्दछु ।मेरा कारणले कसैलाइ पर्न जाने असुविधा प्रति क्षमाप्राथी छु ।”

याे पनि पढ्नुस  अकोराबको अध्यक्षमा खतिवडा निर्वाचित

भट्ट प्रदेशसभामा नेकपाबाट निर्वाचित भएका हुन ।

कमेन्ट गर्नुहोस्