पोखरा र सुर्खेतमा कोरोना संक्रमणबाट दुईजनाको निधन

पोखरामा कोरोना संक्रमणबाट थप एकजनाको निधन भएको छ ।
चरक मेमोरिएल अस्पतालमा उपचाररत कोरोना संक्रमित ४७ वर्षीय पुरुषको शनिबार उपचारको क्रममा निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मृतकको २३ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई निमोनिया लगायतका समस्या रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

याे पनि पढ्नुस  बिरगञ्ज एक पुरुष र भैरहवामा महिलाको कोरोनाबाट मृत्यु

निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । जसमा कास्कीका १४ जना, तनहुँ र नवलपुरका नौ÷नौ जना, गोरखाका सात जना, स्याङ्जामा पाँच जना, बागलुङमा तीन जना, म्याग्दी र लमजुङका एकएक जना छन् ।

याे पनि पढ्नुस  कास्कीमा ५३ जनासहित गण्डकी प्रदेशमा ७६ जना कोरोना संक्रमित थपिए

यसैगरी सुर्खेतमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। वीरेन्द्र नगर नगरपालिका ९ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार १० दिन अघि ज्वरो आएर टाईफाइड को सुई लगाएका उनलाई निको नभएपछि असोज ३० गते प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो ।

याे पनि पढ्नुस  भारतमा कोराना संक्रमणबाट १ लाख बढीको मृत्यु

उनको उपचारको क्रममा मृत्यु भएको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कडेलले जानकारी दिए ।
योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्