आईपीएल : आरसीबीविरुद्ध टस जितेर ब्याटिङ गर्दै राजस्थान

काठमाडौं, १ कात्तिक : यूएईमा जारी १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध राजस्थान रोयल्सले आज टस जितेर ब्याटिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल ३ः४५ बजेदेखि अबुधाबीमा सुरु हुँदैछ । आरसीबीले प्लेइङ-११ मा आज दुई खेलाडी परिवर्तन गरेको छ ।

उसले मोहम्मद सिराज र शिवम दुबेलाई विश्राम दिँदै गुरकित सिंह र शाहबाज अहमदलाई मौका दिएको छ । राजस्थानले भने अघिल्लो खेलकै प्लेइङ सेटलाई निरन्तरता दिएको छ ।

याे पनि पढ्नुस  आईपीएल : दिल्लीद्वारा राजस्थानलाई १६२ रनको लक्ष्य

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोर छैठौँ जितको खोजीमा हुनेछन्।

अघिल्ला ८ खेलमा बैंग्लोरले ५ जितसहित १० अंक जोडेको छ। बैंग्लोर अंक तालिकाको तेस्रो स्थानमा छ। बैंग्लोर राजस्थानलाई हराएर शीर्ष दुईभित्र उक्लन चाहन्छ।

उता स्टिभ स्मिथको कप्तानी रहेको राजस्थान पनि बैंग्लोरलाई हराएर चौंथो जित निकाल्न चाहन्छ। ८ खेलमा ६ अंक जोडेको राजस्थान पुछारबाट दोस्रो स्थानमा छ।

याे पनि पढ्नुस  आईपीएल : चेन्नईद्वारा मुम्बईलाई ११५ रनको लक्ष्य

बैंग्लोरलाई हराएर राजस्थान अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । साथै राजस्थान यसै सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । यसै सिजनको पहिलो भेटमा बैंगलोरले राजस्थानलाई ८ विकेटले हराएको थियो।

आरसीबीको प्लेइङ-११ : आरोन फिन्च, देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान), एबी डिविलियर्स, गुरकित सिंह, शाहबाज अहमद, वाशिङटन सुन्दर, क्रिस मोरिस, ईसुरु उडाना, नवदीप सैनी र युजवेन्द्र चहल।

याे पनि पढ्नुस  आईपीएलमा पञ्जाबमाथि मुम्बईको शानदार जित

राजस्थानको प्लेइङ-११ : जोस बटलर, बेन स्टोक्स, स्टिभ स्मिथ (कप्तान), सञ्जु सामसन, रोबिन उथप्पा, रियान पराग, राहुल तेवटिया, जोफ्रा आर्चर, श्रेयस गोपाल, कार्तिक त्यागी र जयदेव उदानकट।

कमेन्ट गर्नुहोस्