मेयर उद्घाटन गर्दै, उपमेयर ढुंगा हिर्काउँदै!

कैलाली :  जिल्लाकाे घोडाघोडी नगरपालिकामा वडा कार्यालयको भवन उद्घाटनमा विवाद भएको छ । शिलापत्रमा नगरपालिका उपप्रमुख प्रेमकुमारी थापाको नाम छुटेपछि विवाद भएको हो ।

एक अर्काका कारण नगरपालिका बदनाम भएको भन्दै प्रमुख ममताप्रसाद चौधरी र उपप्रमुख थापा आरोपप्रत्यारोपमा उत्रिएका छन् । नगरपालिकाको नवनिर्मित वडा नम्बर ७ को भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उपप्रमुख थापाले भवनको शिलालेखमा आफ्नो नाम उल्लेख नगरेको भन्दै शिलालेखमै ढुंगाले हिर्काइन् ।

याे पनि पढ्नुस  घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी

शिलालेखको अनावरण गरिरहेका बेला प्रहार भएपछि दुईजनाबीच हात हालाहाल भएको हो । शिलालेखमा प्रमुखको नाम समावेश भएको तर आफ्नो नाम नभएको भन्दै उपप्रमुख आक्रोशित बनेकी हुन् ।

प्रमुखविरुद्ध उपप्रमुख थापाले नाराबाजी गर्दै शिलालेखमा ढुङ्गा र मुक्का प्रहार गरेकी हुन् । कार्यपालिकामा कुनै छलफल नगरी प्मुखले एकलौटी ढंगले आफ्नोमात्र नाम लेख्न लगाएको उनको आरोप छ ।

कमेन्ट गर्नुहोस्