सांसद निरु पालकाे प्लाज्मा थेरापीबाट उपचार सुरु, स्वास्थ्यमा सुधार

कञ्चनपुर : कोरोना संक्रमणपछि उपचाररत नेकपा सांसद निरु पालको स्वास्थ्यमा सुधार आएको छ ।

बुधबार कोरोना पुष्टिपछि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं लगिएको थियो । सांसद पादको अहिले काठमाडौंस्थित टिचिङ अस्पतालको आइसीयूमा उपचार भइरहेको छ ।

याे पनि पढ्नुस  चितवनमा एकैदिन ३ कोरोना संक्रमितको मृत्यु

शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले प्लाज्मा थेरापीबाट उपचार भइरहेको बताएकी छन् । शुक्रबारको तुलनामा शनिबार स्वास्थ्यमा सुधार आएको सांसद पालले लेखेकी छन् । उनले आफ्नो स्वास्थ्यको बारेमा चिन्ता लिने सबैलाई धन्यवाद व्यक्त गर्दै आफू चाडै नै निको भएर फर्किने उल्लेख गरेकी छिन्।

याे पनि पढ्नुस  ६ महिनाभित्र कोरोनाविरुद्वको खोप बजारमा आउने चीनको दाबी

बुधबार कोरोना पुष्टि भएपछि सुरुमा पाललाई महेन्द्रनगरस्थित महाकाली अस्पतालमा भर्ना गरिएको थियो ।

निमोनिया, मुटु तथा फोक्सोको पुरानो बिरामीसमेत रहेकी सांसद पाललाई थप उपचारका लागि शुक्रबार काठमाडौं लगिएको हो ।

कमेन्ट गर्नुहोस्