आज ३१६७ जनामा कोरोना संक्रमण, डिस्चार्ज हुनेको संख्या ९० हजार नजिक

काठमाडौं : गत २४ घण्टामा नेपालमा ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१५ हजार ४ सय ३८ को पीसीआर गर्दा आज ३ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितमध्ये १ हजार ७ सय ४७ जना काठमाडौं उपत्यकाका हुन् ।  आज देशभर १ हजार ८ सय संक्रमित संक्रमणमुक्त भएका छन् ।

याे पनि पढ्नुस  आज २०४ जनामा कोरोना पुष्टि, एकैदिन ६८८ जना डिस्चार्ज

योसहित संक्रमणमुक्त हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।

कमेन्ट गर्नुहोस्