उपत्यकामा थपिए आज १७४७ संक्रमित, काठमाडौंका मात्र १४५१ जना

काठमाडौं : पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ७ सय ४७ नयाँ संक्रमित थपिएका छन् ।

शनिबार काठमाडौंमा १ हजार ४ सय ५१, भक्तपुरमा १ सय ४३ र लललितपुरमा १ सय ५२ संक्रमित थपिएका हुन् ।

देशभर आज ३ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  कोरोना आशंकामा ४ जना अस्पताल भर्ना

१५ हजार ४ सय ३८ को पीसीआर गर्दा आज ३ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको हो ।

शनिबार देशभर १ हजार ८ सय संक्रमित उपचारपछि घर फर्किएका छन् ।

योसहित निको हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ ।

कमेन्ट गर्नुहोस्