थप १२ कोरोना संक्रमितको मृत्यु

काठमाडौं : गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको छ ।

शनिबार थप ३१ सय ६७ संक्रमित थपिएका छन् भने १ हजार ८ सय जनाले कोरोना जितेका छन् । यससँगै हालसम्म कोरोनामुक्त हुनेको कुल संख्या ८९ हजार ५४० पुगेको छ।

याे पनि पढ्नुस  २४४० संक्रमित थपिए, उपत्यकामा मात्रै १५३१

नेपालमा हाल ३८ हजार ७३७ जना सक्रिय संक्रमित छन्। आज १३ जार ३९९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २५ हजार ४३८ जना होम आइसोलेसनमा छन्।

कमेन्ट गर्नुहोस्