आईपीएल : राजस्थानले दियो आरसीबीलाई १७८ रनको लक्ष्य

काठमाडौं  : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)लाई १ सय ७८ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनायो ।

उसका लागि कप्तान स्टिभ स्मिथले ३६ बलमा १ छक्का र ६ चौकासहित ५७ रनको योगदान दिए ।

याे पनि पढ्नुस  आईपीएल : आरसीबीद्वारा चेन्नईलाई १७० रनको लक्ष्य

त्यस्तै, रोबिन उथप्पाले ४१, जोस बटलरले २४, बेन स्टोक्सले १८, सञ्जु सामसनले ९ र राहुल तेवटियाले नटआउट १९ रन बनाए ।

बलिङमा आरसीबीका क्रिस मोरिसले ४ र युजवेन्द्र चहलले २ विकेट लिए ।

कमेन्ट गर्नुहोस्