अदालतको आदेशपछि खुल्याे भारतको बाँके बिहार मन्दिर

मथुरा : भारतको मथुरामा रहेको चर्चित बाँके बिहार मन्दिर अदालतको आदेशपछि शनिबारदेखि खुल्ला भएको छ । कोरोना भाइरसको महामारी फैलिएपछि महिनौदेखि बन्द भएको मन्दिर नवरात्रीको पहिलो दिन पारेर शनिबारदेखि खुल्ला गरिएको हो ।

विश्वविख्यात यो मन्दिर गत सात महिना अगाडिदेखि बन्द थियो । तर, अहिले अदालतको मापदण्ड कडाईका सथा पालना गरेर खुल्ला गर्न निर्देशन दिएपछि खुल्ला गरिएको मन्दिरका पदाधिकारीले जानकारी दिएका छन् ।

दर्शालुलाई बिहान ८ः३० देखि मध्यान्ह १२ बजेसम्म र बेलुका ५ः३० देखि ९ः३० सम्म मात्रै प्रवेश गर्न दिइने भएको छ । दर्शालुहरूलाई सामाजिक दूरी कायम गर्ने, सेनिटाइजारको प्रयोग गर्ने, मास्कलगाउने लगायतका नियम पूर्णरूपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।

हिन्दुको अत्यन्त आस्था रहेको यस मन्दिरमा वर्षेनी लाखौँ हिन्दु धर्माबलम्बीले दर्शन गर्दै आएकोमा अहिले कोरोना भाइरसको महामारीका कारण सुस्ताएको छ ।

कमेन्ट गर्नुहोस्