नेपाली चलचित्रका पहिलो छायांकार मास्केको निधन

काठमाडौं : नेपाली चलचित्रका पहिलो छायांकार बैकुण्ठमान मास्केको निधन भएको छ ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार मास्केको ८३ वर्षको उमेरका निधन भएको हो । लामो समयदेखि मास्के कलेजोको बिरामी समेत थिए । उनलाई कोरोना पोजिटिभ देखिएको थियो ।

मास्केले पूर्ण छायांकारको रूपमा चलचित्र ‘मनको बाँध’मा काम गरेका थिए । मास्केले केही विदेशी समाचार संस्थामा पनि काम गरेका छन् ।

साथै, उनले दर्जन बढी चलचित्रमा पनि काम गरेका छन् । मास्केको श्रीमती र एक छोरी छन् ।

कमेन्ट गर्नुहोस्