भक्तपुरमा होम आइसोलेसनमै संक्रमितको मृत्यु

भक्तपुर : भक्तपुरका एक कोरोना सङ्क्रमितको आज होम आइसोलेसनमै मृत्यु भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार दम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका–७ इनाचोका ६९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको हो ।

गत असोज २८ डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएपछि होम आइसोलेसनमा बसेकामा आज मृत्युपछि स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहवरमा मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेको भक्तपुर नगरपालिका-८ का वडाध्यक्ष उकेश कवांले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्