आईपीएल : राजस्थानमाथि आरसीबीको शानदार जित

काठमाडौं : यूएईमा जारी १३औँ सिजनको आईपीएल अन्तर्गत राजस्थान रोयल्सविरुद्ध रोयल च्यालेन्जर्स (आरसीबी) ७ विकेटले विजयी भएको छ ।

राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको आरसीबीले १९.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

उसका लागि एबी डिभिलियर्सले २२ बलमा अविजित ५५, विराट कोहलीले ४३, देवदत्त पाडिक्कलले ३५ र गुरकित सिंहले नटआउट १९ रन बनाए ।

याे पनि पढ्नुस  सुरेश रैनाले आईपीएल नखेल्ने, यूएईबाट फर्किए

यसअघि टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनायो ।

उसका लागि कप्तान स्टिभ स्मिथले ३६ बलमा १ छक्का र ६ चौकासहित ५७ रनको योगदान दिए ।

त्यस्तै, रोबिन उथप्पाले ४१, जोस बटलरले २४, बेन स्टोक्सले १८, सञ्जु सामसनले ९, राहुल तेवटियाले नटआउट १९ रन बनाए ।

याे पनि पढ्नुस  आईपीएलमा रोहित शर्माको ५ हजार रन पूरा

बलिङमा क्रिस मोरिसले ४ र युजवेन्द्र चहलले २ विकेट लिए ।

कमेन्ट गर्नुहोस्