चेन्नईविरुद्ध पनि सन्दीपले पाएनन् मौका

काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्स (सीएसके)विरुद्ध पनि दिल्ली क्यापिटल्समा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले मौका पाउन असफल भएका छन् । योसहित सन्दीपले मौका नपाएको यो नवौँ खेल हो ।

सीएसकेविरुद्ध पनि दिल्लीले अघिल्लो खेलकै प्लेइङ सेटलाई मौका दिएको छ । उसले विदेशी कोटाबाट मार्कस स्टोइनिस, कागिसो रबाडा, एनरिक नोर्टजे र एलेक्स क्यारीलाई मौका दिएको छ ।

याे पनि पढ्नुस  आइपीएलमा दिल्ली र हैदरावाद भिड्दै, सन्दीप आज खेल्छन् ?

चेन्नईले आज प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ । उसले पियूष चावलालाई विश्राम दिँदै केदार जाधवलाई मौका दिएको छ । सीएसकेले आज टस जितेर ब्याटिङ गरिरहेको छ ।

दिल्लीको प्लेइङ-११ : पृथ्वी शा, शिखर धवन, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), मार्कस स्टोइनिस, एलेक्स क्यारी, अक्क्षर पटेल, आर अश्विन, कागिसो रबाडा, तुषार देशपाण्डे र अनरिक नोर्टजे ।

याे पनि पढ्नुस  ग्लोबल टि–२० लिगः सन्दीपले लिए कप्तानको विकेट

सीएसकेको प्लेइङ-११ : फाफ डु प्लेसिस, साम कुरान, शेन वाटसन, अम्बाती रायडू, एमएस धोनी (कप्तान), रवीन्द्र जडेजा, ड्वेन ब्रावो, दीपक चाहर, केदार जाधव, शार्दुल ठाकुर र कर्ण शर्मा ।

कमेन्ट गर्नुहोस्