राप्रपा अध्यक्ष कमल थापा अस्पताल भर्ना

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् ।

बुधबार कोरोना संक्रमण पुष्टि पोजिटिभ देखिएका थापालाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा केही असहज भएपछि शुक्रबार अस्पताल भर्ना गरिएको हो ।

उनको अहिले आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार अहिले उनमा ज्वरो नियन्त्रणमा आउनुका साथै श्वासप्रश्वासमा देखिएको समस्या कम भएको छ ।

याे पनि पढ्नुस  बाबुरामको बरियताबारे कमल थापाको चासो !

कमेन्ट गर्नुहोस्