प्रदेश-१ मा एकै दिन ५ संक्रमितको निधन

विराटनगर : प्रदेश-१ मा पछिल्लो २४ घण्टाका अवधिमा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा झापामा तीन तथा मोरङ र सुनसरीमा एकएक छन् ।

सामाजिक विकास मन्त्रालयले हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङख्या १ सय २९ पुगेको जनाएको छ । प्रदेशमा सोही अवधिमा ४ सय ८१ जनामा कोरोना पुष्टि भएको छ । उक्त अवधिमा गरिएको एक हजार ४ सय ५० जनाको पीसीआर परीक्षणमा १९९ महिला र २ सय ८२ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा संक्रमित संख्या ३५६ पुग्यो

यसरी थप हुने सङ्क्रमितमा विराटनगरमा १ सय २४ सहित मोरङमा १ सय ९५, सुनसरीमा १ सय ७०, झापामा ७२, सङ्खुवासभामा १५, इलाममा नौ, खोटाङमा चार, भोजपुरमा एक र प्रदेश बाहिरका १५ जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या १३ हजार १ सय ८३ पुगेको छ । हालसम्म एक लाख ४५ हजार ३८३ जनाको पिसिआर परीक्षण सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्