चेन्नईविरुद्ध दिल्ली ५ विकेटले विजयी, शिखरको शानदार शतक

काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएल अन्तर्गत चेन्नई सुपर किंग्स (सीएसके)विरुद्ध दिल्ली क्यापिटल्स ५ विकेटले विजयी भएको छ ।

सीएसकेले दिएको १ सय ८० रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको दिल्लीले १९.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्न सफल भयो । उसका लागि ओपनिङ ब्याट्सम्यान शिखर धवनले शतक बनाए ।

उनले ५८ बलमा १४ चौका र १ छक्कासहित अविजित १०१ रन बनाए । आईपीएलमा शिखरको यो पहिलो शतक हो । यसअघि आईपीएलमा उनको उच्च स्कोर ९७ रन थियो । शिखरले आज तीन पटक जीवनदान पाउँदा शतक बनाउन सफल भए ।

याे पनि पढ्नुस  आइपीएलः धोनीसहित सीएसकेका सबै खेलाडीको ‘स्यालरी’ (सूचीसहित)

त्यस्तै, मार्कस स्टोइनिसले २४, कप्तान श्रेयस अय्यरले २३, आजिक्य रहाणेले ८ र एलेक्स क्यारीले ४ र अक्क्षर पटेलले ५ बलमा नटआउट २१ रनको योगदान दिए ।

बलिङमा सीएसकेका दीपक चाहरले २, साम कुरान, शार्दुल ठाकुर र डिजे ब्रावोले एक/एक विकेट लिए ।

याे पनि पढ्नुस  आईपीएल : चेन्नईले दियो दिल्लीलाई १८० रनको लक्ष्य

यसअघि, टस जितेर ब्याटिङको मौका पाएको सीएसकेले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९रन बनायो ।

उसका लागि फाफ डुप्लेसिसले ५८, अम्बाती रायडूले २५ बलमा अविजित ४५, शेन वाट्सनले ३६, रवीद्र जडेजाले १३ बलमा नटआउट ३३ र महेन्द्रसिंह धोनीले ३ रन बनाए ।

याे पनि पढ्नुस  आईपीएल : पञ्जाबले दियो सीएसकेलाई १७९ को लक्ष्य

बलिङमा एनरिक नोर्टजेले २, तुषार देशपाण्डे र कागिसो रबाडाले एक/एक विकेट लिए । आजको जितसँगै दिल्ली फेरि १४ अंकका सात शीर्ष स्थानमा उक्लिएको छ । उसले नौ म्याचमा २ खेलमा मात्र हारको सामना गरेको छ ।

कमेन्ट गर्नुहोस्