अष्ट्रियामा एक नेपाली महिलाद्वारा ८ महिनाको बच्चासहित ३ छोराछोरीको हत्या

अष्ट्रियामा एक नेपाली महिलाले ८ महिनाको बच्चासहित ३ छोराछोरीको हत्या गरेकी छिन् । अष्ट्रियाको भियना बस्ने ती महिलाले ९ बर्ष, ३ बर्षका छोरीहरु र ८ महिनाको छोराको हत्या गरेकी हुन् ।

खसाेखास अनलाइनमा प्रकाशित समाचार अनुसार ती महिलालाई शनिबार प्रहरीले पक्राउ गरेेेेेकाे छ । उनले बच्चाको हत्यापछि आफ्नै ज्यान समेत आफैले लिन चाहेको बताएकी थिइन् । सबैभन्दा जेठी छोरीलाई अस्पतालमा जीवितै लगिएपनि बचाउन नसकिएको जनाइएको छ ।

याे पनि पढ्नुस  हसिया प्रहार गरी युवकको हत्या

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै घटनाको पृष्ठभूमिबारे अहिलेसम्म कुनै कुरा सार्वजनिक भएको छैन । तर ती महिला गुल्मी स्थायी घर भई पछिल्लो समयमा बुटवल बस्ने त्यसपछि अष्ट्रिया गएको जनाइएको छ ।

ती महिला हालैमात्र श्रीमानसँग अलग्गै बस्दै आएको जनाइएको छ । उनका श्रीमानपनि भियनामा नै बस्दै आएका छन् । छोराछोरीको हत्यापछि महिला आफैले प्रहरीमा फोन गरेर बच्चाबच्चीको हत्या गरेको जानकारी दिएकी थिइन् । photo: symbolic only

कमेन्ट गर्नुहोस्