सहकर्मीको हत्या गरी फरार मामा–भाञ्जा ११ वर्षपछि पक्राउ

साथीको हत्या गरी फरार भएका दुई अभियुक्त ११ वर्षपछि पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रबार उनीहरूलाई बाँकेको नेपालगञ्जबाट पक्राउ गरेको हो ।

२८ भदौ २०६६ मा इँटाभट्टामा काम गर्दा सहकर्मी ३६ वर्षीय दिलबहादुर योञ्जनको हत्या गरी उनीहरू फरार भएका थिए ।

याे पनि पढ्नुस  छोराको हत्या गर्ने आमा जेल चलान

पक्राउ परेका मकवानपुर भीमफेदी–८ का ५१ वर्षीय भीमसेन गाहामगर र साेही ठाउँका ३० वर्षीय रामकृष्ण चुनी मगरलाई प्रहरीले शनिबार सार्वजनिक गरेको हो ।

उनीहरू नाताले मामा-भाञ्जा रहेका प्रहरीले जनाएको छ । लामो समयसम्म उनीहरू भारतको दिल्लीमा लुकेर बसेका थिए । भारतीय प्रहरीसँग समन्वय गरी नेपालसम्म ल्याएर उनीहरूलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्