नेपालमा १० वर्षमुनिका ३,८८८ बालबालिका कोरोना संक्रमित

काठमाडौं, नेपालमा १० वर्ष मुनिका तीन हजार ८ सय अठासी बालबालिका संक्रमित देखिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार, अन्य उमेर समूहभन्दा दश वर्षमुनिका बालबालिकामा कम संक्रमण देखिएको हो ।

तथ्यांक अनुसार, हालसम्म नेपालमा ३ हजार ८८८ जना दश वर्षमुनिका बालबालिकामा देखिएको हो ।

याे पनि पढ्नुस  संसारभरि कोरोना संक्रमितको संख्या ४ करोड नाघ्यो, ११ लाख बढीको मृत्यु

यी मध्ये २ हजार ३ सय १७ जना बालक र १ हजार ५ सय १७ बालिका रहेका छन् ।

उमेर समूहका आधारमा कोरोना नक्सा हेर्दा सबैभन्दा धेरै बालबालिका राजधानी उपत्यकामा संक्रमित भएका छन् ।

राजधानीका तीनवटै जिल्लामध्ये काठमाडौंमा ११४६, ललितपुरमा १८७ र भक्तपुरमा १५२ जना बालबालिकामा कोरोना संक्रमित देखिएको थियो ।

याे पनि पढ्नुस  नि:शुल्क कोरोना उपचार र परीक्षणका लागि प्रमाणपत्र या सिफारिस चाहिने, स्वास्थ्यले जारी गर्यो सूचना

कोरोना संक्रमण युवा उमेर समूहमा सबैभन्दा बढी देखिएपनि मृत्युदर भने ६० वर्षभन्दा माथिको उमेर समूहमा बढी देखिएको छ । बालबालिकामा मृत्युदर भने निकै न्यून रहेको छ ।

नेपालमा हालसम्म १ ला २९ हजार ३ सय ४ जना संक्रमित रहेका छन् । यसमा ८९ हजार ४ सय २२ जना पुरुष रहेका छन् ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा उच्च संक्रमण, आजमात्रै थपिए ३१०७ जना

तस्वीरः जिल्लागतरुपमा ०–१० उमेर समूहमा कोरोना संक्रमणको अवस्था, श्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

कमेन्ट गर्नुहोस्