आईपीएलमा रबाडाले रचे इतिहास, एकै म्याचमा बनाए ३ कीर्तिमान

काठमाडौं  : दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिरहेका तीव्र गतिका बलर कागिसो रबाडाले नयाँ उपलब्धि हासिल गरेका छन् ।

उनले विदेशी खेलाडीको रूपमा दिल्लीका लागि ५० विकेट लिने खेलाडीको उपलब्धि हासिल गरेका हुन् ।

रबाडा अब विदेशी खेलाडीको रूपमा दिल्लीका लागि सर्वाधिक विकेट लिने पहिलो बलर बनेका छन् । उनले हालसम्म दिल्लीका लागि ५० विकेट लिएका छन् । शनिबार सीएसकेविरुद्ध एक विकेट लिएसँगै रबाडाले यो उपलब्धि हासिल गरे ।

याे पनि पढ्नुस  आईपीएलमा केएल राहुलले बनाए नयाँ कीर्तिमान

साथै, उनले आईपीएलमा सर्वाधिक कम बल र कम म्याचमा ५० विकेट लिने खेलाडीकाे पनि कीर्तिमान बनाएका छन् ।

रबाडाले आईपीएलमा सर्वाधिक कम म्याचमा ५० विकेट लिने केकेआरका सुनील नारायणको कीर्तिमान भंग गरेका छन् । नारायणले ३२ म्याचमा ५० विकेट लिएका थिए । अब रबाडाले उनलाई पछि पारेका छन् ।

याे पनि पढ्नुस  पञ्जाबविरुद्ध ब्याटिङ गर्दै आरसीबी, यी खेलाडीले पाए प्लेइङ-११ मा मौका

रबाडाले २७ म्याचमै आईपीएलमा ५० विकेट लिन सफल भएका छन् । यो सूचीमा लसिथ मलिंगा तेस्रो स्थानमा छन् । उनले आईपीएलमा ३३ म्याचमा ५० विकेट लिएका थिए ।

त्यस्तै, रबाडाले सर्वाधिक कम बलमा ५० विकेट लिने मामलामा मलिंगाको कीर्तिमान तोडेका छन् ।

याे पनि पढ्नुस  आईपीएल : दिल्लीविरुद्ध मुम्बईको शानदार जित

मलिंगाले ७ सय ४९ बलमा ५० विकेट लिएका थिए । रबाडाले भने ६ सय १६ बलमै ५० विकेट लिन सफल भए ।

कमेन्ट गर्नुहोस्