भारतले कोरोनाको भ्याक्सिन उत्पादन गर्न छिमेकीसँग सहकार्य गर्ने

काठमाडौं : कोरोना भाइरस विरुद्धको भ्याक्सिन उत्पादनमा भारतले छिमेकी मुलुकसँग सहकार्य गर्ने भएको छ ।

कोरोनाको वर्तमान अवस्था र भ्याक्सिन उत्पादनमा भएको प्रगतीको समीक्षा सम्बन्धी एक बैठकलाई शनिबार सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले भ्याक्सिनको परीक्षण, अध्ययन र अनुसन्धानमा छिमेकी मुलुकसँग सहकार्य गर्दै गएको बताएका हुन् । मोदीले पछिल्ला दिनमा भ्याक्सिनको विकासमा उल्लेख्य प्रगती हुँदै गएको बताएका छन् ।

याे पनि पढ्नुस  OMG! सौतेनी आमाले आफ्नै छोरासहित ५ बाट गराइन ९ वर्षे बालिकाको बलात्कारपछि हत्या

भारतमा दुईवटा परीक्षण दोस्रो चरणमा र एउटा तेस्रो चरणमा रहेको छ । मोदीले उच्च सरकारी अधिकारीसँग गरेको वार्तापछि भारत सरकारले जारी गरेको विज्ञप्ति अनुसार भारतका वैज्ञानिक र अनुसन्धानकताहरुले अनुसन्धानको क्षमता अभिवृद्धिको लागि नेपाल, अफगानिस्तान, भुटान, बंगलादेश, माल्दिभ्स र श्रीलंका लगायतका मुलुकहरुसँग पनि सहकार्य गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्