आईपीएलमा शिखर धवनले बनाए नयाँ कीर्तिमान

काठमाडौं  : दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिरहेका शिखर धवनले गएराति सम्पन्न चेन्नई सुपर किंग्स (सीएसके)विरुद्ध शतक बनाए ।

उनले ५८ बलमा १४ चौका र एक छक्कासहित अविजित १ सय १ रन बनाएका हुन् । टी-२० क्रिकेटमै धवनको यो पहिलो शतक हो ।

याे पनि पढ्नुस  पञ्जाबविरुद्ध ब्याटिङ गर्दै आरसीबी, यी खेलाडीले पाए प्लेइङ-११ मा मौका

सीएसकेविरुद्ध शतक बनाएसँगै धवनले नयाँ कीर्तिमान बनाएका छन् । उनले आईपीएलमा सर्वाधिक चौका प्रहार गर्ने कीर्तिमान बनाएका हुन् ।

धवनले सीएसकेविरुद्ध १४ चौका हिर्काउँदै यो उपलब्धि हासिल गरे । योसहित उनले आईपीएलमा चौकाको संख्या ५ सय ६३ पुर्‍याएका छन् ।

याे पनि पढ्नुस  आईपीएल : मुम्बईले दियो पञ्जाबलाई १७७ रनको लक्ष्य

धवनभन्दा पछि आरसीबीका कप्तान विराट कोहली छन् । उनले हालसम्म आईपीएलमा ४ सय ९८ र तेस्रो स्थानमा रहेका सुरेश रैनाले ४ सय ९३ चौका प्रहार गरेका छन् ।

त्यस्तै, यो सूचीमा गौतम गम्भीर (४९१ चौका) चौथो, डेविड वार्नर (४८० चौका) पाँचौ र रोहित शर्मा (४५१ चौका) छैठौँ स्थानमा छन् ।

कमेन्ट गर्नुहोस्