श्वेतासँग बिहे गर्दै गायक आदित्य

नयाँ दिल्ली । प्रसिद्ध गीतकार उदित नारायणका छोरा तथा कार्यक्रम प्रस्तोता आदित्य नारायणले बिहे गर्ने भएका छन् ।

आदित्य नारायण र गायिका नेहा कक्कडबीच बिहेको चर्चा चलेको भएपनि आदित्यले भने श्वेता अग्रवालसँग बिहे गर्न लागेका हुन ।
केही वर्षदेखि सम्बन्धमा रहेका आदित्य र श्वेताको बिहे सामान्य समारोहमा विवाह हुने भएको हो ।

स्पटब्वाई नामक पत्रिकालाई दिएको अन्तर्वार्तामा आदित्यले आगामी १ डिसेम्बरका दिन बिहे गर्ने बताएका हुन ।

कोरोनाका कारण समारोहको आयोजना गर्न नसकिने भएका कारण परिवार र निकटका आफन्त मात्र आमन्त्रित गरिने समेत उनले बताएका छन् ।

कोरोना संकटका कारण महाराष्ट्रमा विवाहका लागि ५० जना बढीलाई निमन्त्रणा गर्न पाईदैन ।

आदित्य नारायण आफै पनि गायक हुन ।

श्वेता अग्रवाल पनि सिने क्षेत्रसँग नै सम्बन्धित छिन् । उनले टेलिभिजनको पर्दाबाट आफ्नो यात्रा शुरु गरेकी थिइन । वर्ष २००० मा बाबुल की दुल्हनिया सिरियलमा देखिएकी श्वेताले २००१ मा शगुन र २००४ मा देखो मगर प्यार से नामक सिरियलमा अभिनय गरेकी थिइन ।

पछि भने उनी साउद फिल्ममा काम गर्न थालेकी थिइन । उनले २००४ मा नै राघवेन्द्र नामक चलचित्रमा काम गरिन । त्यसपछि उनी बलिउडमा व्यस्त रहिन । आदित्यसँग उनको चलचित्र शापित समेत बजारमा आएको थियो ।

यसअघि टेलिभिजन कार्यक्रममा प्रस्तोता बनेका आदित्यले सोही कार्यक्रमको निर्णायक जज बनेकी नेहा कक्कडसँग रोमान्सको चर्चा चलेको थियो । तर टिआरपी बढाउन मात्रै चर्चालाई बढावा दिइएको कुरा आदित्यले स्पष्ट पारेका छन् ।

कमेन्ट गर्नुहोस्