१८ घण्टामा ७० लाखले हेरे राजकुमार राव अभिनित ‘छलाङ’को ट्रेलर

काठमाडौं, बलिउड अभिनेता राजकुमार राव र नायिका नुसरत भरुचा अभिनित चलचित्र छलाङको ट्रेलर अत्यधिक मन पराइएको छ ।

युट्यूबमा राखेको एक दिन नबित्दै उक्त ट्रेलरलाई लाखौंले हेरेका छन् ।

हंसल मेहताले निर्देशन गरेको चलचित्र छलाङको ट्रेलर हिजो शनिबार मात्रै युट्यूबमा राखिएको थियो । उक्त ट्रेलरलाई अहिलेसम्म ७० लाखले हेरिसकेका छन् भने सयौंले कमेन्ट गरेका छन् ।

रोमान्स, ड्रामा र कमेडीको सम्मिश्रण रहेको चलचित्र सामान्य कथामा आधारित छ । चलचित्रमा राजकुमार राव मोन्टु नामक चरित्रमा छन् । मोन्टु एउटा स्कूलमा शारीरिक व्यायामका शिक्षक हुन । मोन्टुले इच्छाले भन्दा पनि पैसा कमाउन उक्त जागिर गरेका हुन्छन् ।

सोही स्कूलमा एकजना कम्युटर शिक्षिका निलुको प्रवेश भएपछि भने मोन्टुको जीवन बदलिन्छ । निलुका चरित्रमा नुसरत भरुचा छिन् ।

चलचित्रमा थर्ड एंगल लब स्टोरी देखाउन मोन्टुको सिनियरका रुपमा जीशान अय्यूबको प्रवेश भएको देखाइएको छ ।

चलचित्र आगामी १३ नोभेम्बरमा रिलिज हुने बताइन्छ ।

कमेन्ट गर्नुहोस्