कैलालीमा डिउटीमा खटिएका २ प्रहरी बेपत्ता

कैलाली : धनगढीमा अस्थायी प्रहरी चौकीमा कार्यरत २ जना प्रहरी बेपत्ता भएका छन् ।

धनगढी उपमहानगरपालिका-१२ को अस्थायी प्रहरी बीट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँद शनिबार साँझदेखि बेपत्ता भएका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले उनीहरू दुवै जना डिउटीमा खटिएका बेला बेपत्ता भएको जानकारी दिए ।

याे पनि पढ्नुस  देवघाटमा प्रहरी चढेको गाडी दुर्घटनाः एकको मृत्यु, ४ गम्भीर

यसैबीच नेपाल भारत सीमा नजिकै मोहना नदीमा एक जनाको शव फेला परेको छ । नदीमा घोप्टो अवस्थामा रहेको शवको पहिचान भने नभएको प्रहरी वरिष्ठ उपरिक्षक सिंहले बताए ।

कमेन्ट गर्नुहोस्