भीम रावलले दशैँ भक्ता नलिने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले दशैँ भत्ता नलिने भएका छन् । आइतबार बिहान एक ट्वीट मार्फत नेता रावलले खातामा भत्ताको रकम राखिएको थाहा पाएको बताउँदै आफ्नो खाताबाट रकम कट्टी गर्न आग्रह गरेका छन् ।

रावलले भनेका छन्, ‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गरियोस् । सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।’

याे पनि पढ्नुस  नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, भीम रावल पनि सहभागी

रावलले दशैं भत्ताको रकम नलिन कुनै कानून संशोधन गर्न वा नयाँ कानून बनाउनु नपर्ने पनि बताएका छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यस अगाडि नै भत्ता नलिने घोषणा गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्