आईपीएल : फिन्चले ड्रेसिङ रूममा सिगरेट पिएपछि…

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) को २०२० सिजनको ३३औं खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीचमा खेलिएको थियो।

जसमा आरसीबी ७ विकेटले विजय भयो। उसका लागि मध्यक्रमका ब्याट्सम्यान एबी डिभिलियर्सले खेललाई २२ बलमा ५५ रनको शानदार इनिङ्स खेले।

याे पनि पढ्नुस  आईपीएल : हैदराबादविरुद्ध चेन्नई २० रनले विजयी

जब डिभिलियर्स विस्फोटक ब्याटिङ गर्दै थिए, बैंग्लोरको ड्रेसिंङ रुमको वातावरण एकदम रमाइलो थियो। आरसीबीका ओपनर आरोन फिन्च खेलको दौडान ई-सिगरेट पिइरहेको देखियो।

एबी डिभीलियर्सले १९औं ओभरमा उनादकटको पहिलो बलमा लामो छक्का प्रहार गरे, क्यामेरा म्यानले ड्रेसिंङ रुम देखाए। जहाँ फिन्चले शान्त तरिकामा ई-सिगरेट खाइरहेका थिए।

याे पनि पढ्नुस  आईपीएल : दिल्लीद्वारा राजस्थानलाई १६२ रनको लक्ष्य

उक्त भिडियो अहिले सामाजिञ्क सञ्जालमा भाइरल भइरहेको छ। फिन्च उक्त खेलमा ११ बलमा १४ रन मात्र बनाएर आउट भएका थिए। जुन पछि उनी ड्रेसिंङ रूममा आराम गरी ई-सिगरेटको मजा लिँदै थिए।

शनिबार दिउँसो भएको खेलमा राजस्थानविरुद्ध आरसीबी ७ विकेटले विजयी भएको छ । यो जिसँगै आरसीबीले तालिकामा १२ अंक जोडेको छ ।

कमेन्ट गर्नुहोस्